Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कतिमा हुदैछ कारोबार?

अन्डाको मूल्य बढ्यो, प्रतिक्रेट कतिमा हुदैछ कारोबार?

आर्थिक पत्र
बुधवार, कार्तिक १२ २०८२
  • काठमाडौँ ।  अन्डाको मूल्य फेरि वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आज सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ बढाएको जनाएको छ।

    images

    सङ्घका अनुसार अघिल्लो मूल्यको तुलनामा प्रतिक्रेट (३० वटा अन्डा) मा ५० रुपैयाँले वृद्धि गरिएको हो। नयाँ मूल्य अनुसार ठुलो अन्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको मूल्य ४५० रुपैयाँ पुगेको छ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार मूल्य निर्धारण चितवनलाई आधार मानेर गरिएको हो। अघिल्ला दिनहरूमा उत्पादन लागत वृद्धि र चारा मूल्य बढेकाले मूल्य समायोजन गर्नुपरेको पोखरेलले बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार