काठमाडौँ । अन्डाको मूल्य फेरि वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आज सोमबारदेखि लागू हुने गरी अन्डाको भाउ बढाएको जनाएको छ।
सङ्घका अनुसार अघिल्लो मूल्यको तुलनामा प्रतिक्रेट (३० वटा अन्डा) मा ५० रुपैयाँले वृद्धि गरिएको हो। नयाँ मूल्य अनुसार ठुलो अन्डाको मूल्य प्रतिक्रेट ५०० रुपैयाँ र मध्यम अन्डाको मूल्य ४५० रुपैयाँ पुगेको छ।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार मूल्य निर्धारण चितवनलाई आधार मानेर गरिएको हो। अघिल्ला दिनहरूमा उत्पादन लागत वृद्धि र चारा मूल्य बढेकाले मूल्य समायोजन गर्नुपरेको पोखरेलले बताउनुभयो।

