Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

आज तरकारी तथा फलफूलको मूल्य

आज तरकारी तथा फलफूलको मूल्य

आर्थिक पत्र
आइतवार, कार्तिक ३० २०८२
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

    images

    जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, आलु सेतो प्रतिकिलो ४० रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ रहेको छ ।

    यस्तै, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकेजी २५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५५ रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १५० रुपैयाँ, मकै बोडी प्रतिकिलो ९० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १३५ रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, तीतो करेला प्रतिकिलो १३० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ८० रुपैयाँ, परबर (तराई) प्रतिकिलो १०० रुपैयाँ, घिरौँला प्रतिकिलो १०० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो ११० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।

    पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो २० रुपैयाँ, रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २०० रुपैयाँ, चमसुर प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ८५० रुपैयाँ निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १३० रुपैयाँ, जिरीको साग प्रतिकिलो ३५० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो २०० रुपैयाँ, पुदिना प्रतिकिलो ४५० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७५ रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, निबुवा प्रतिकिलो ५५ रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, लप्सी प्रतिकिलो ७५ रुपैयाँ ,अम्बा प्रतिकिलो ८० रुपैयाँ,र किबी प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार