Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

आर्थिक पत्र
शुक्रवार, मंसिर १२ २०८२
  • झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ।

    मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो। गत आवको सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले कम हो।

    गत आवको उक्त अवधिमा दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको थियो। यो चालु आवमा ८३ करोड १७ लाख ६२ हजारले कम हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार