Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट

आर्थिक पत्र
मंगलवार, मंसिर २३ २०८२
  • काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले ललितपुरको थसिखेलमा अवस्थित पाटन हेल्थ ल्याब प्रा.लि मा छुट पाउने भएका छन्।

    नेपालकै पहिलो बैंक नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच मंसिर २२ गते भएको एक सम्झौता अनुसार उक्त ल्याबमा उपचार गराउँदा बैंकमा कार्यरत कर्मचारीहरू र खातावाला ग्राहकहरूले विशेष छुट सुविधा पाउनेछन्।

    सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा (स्याम्पल कलेक्सनका लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

    सम्झौता पत्रमा बैकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याब प्रा.लि का तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन्। यसबाट बैंकका कर्मचारीहरू तथा ग्राहकहरू पाटन हेल्थ ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार