Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मेडिकल समुदायका लागि टाटा टियागो ईभीमा भारी अफरः बाली भ्रमणदेखि आईफोन जित्ने मौका

मेडिकल समुदायका लागि टाटा टियागो ईभीमा भारी अफरः बाली भ्रमणदेखि आईफोन जित्ने मौका

आर्थिक पत्र
बुधवार, मंसिर २४ २०८२
  • काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभिमा विशेष योजना शुभारम्भ गरेको छ।

    यस योजना अन्तर्गत टियागो ईभि किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै हरेक टियागो इभिको बुकिङ्गमा लिटम्यान स्टेथोस्कोप पनि पाउने छन्।

    यस अफरको मुख्य आकर्षण अन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि आईफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् । योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू समेटिएका छन्। यसको साथै मेडिकल समुदायको परिचय पत्र देखाउदा थप नगद छुट पनि रहेको छ।

    यी सुविधाले मेडिकल समुदायका ग्राहकहरुलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार