Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित

शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित

आर्थिक पत्र
आइतवार, मंसिर २८ २०८२
  • काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा गरी १२.५० प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले १० प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।

    बोनस सेयर  वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा वृद्धि भई जारी तथा चुक्ता पुँजी ५ अर्ब ५९ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार