Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

नेपालकै पहिलो लन्ड्री लाउन्ज-एलजीद्वारा सञ्चालित

नेपालकै पहिलो लन्ड्री लाउन्ज-एलजीद्वारा सञ्चालित

आर्थिक पत्र
सोमवार, मंसिर २९ २०८२
  • काठमाडाैं। सिजी इलेक्ट्राेनिकले आफ्नो साझेदार Classy Clean सँग मिलेर एलजीद्वारा सञ्चालित नेपालकै पहिलो लन्ड्री लाउन्ज काठमाडौँको कार्यविनायक, भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ।

    images

    लन्ड्री लाउन्ज भनेको एजलीका प्रोफेसनल–ग्रेड वासर र ड्रायरमा आधारित एक आधुनिक व्यावसायिक लन्ड्रोम्याट अवधारणा हो। एलजी लन्ड्री लाउन्जले अत्याधुनिक एलजी प्रोफेसनल उपकरणहरू र आकर्षक भिजुअल पहिचानलाई एकै ठाउँमा समेट्दै लन्ड्रोम्याटको नयाँ र नविन अनुभव प्रदान गर्दछ।

    यो साझेदारीमा आधारित लन्ड्रोम्याट मोडलले पूर्ण व्यवसायिक समाधान उपलब्ध गराउनुका साथै ग्राहकहरूलाई आकर्षित गर्दछ। यहाँ लुगा धुने काम केवल दैनिकी मात्र नभई, आरामदायी र डिजाइनर शैलीमा सजाइएको वातावरणमा रमाइलो अनुभव बन्छ।

    यस लन्ड्री लाउन्जको सञ्चालन सिजीका साझेदार Classy Clean ले गरिरहेको छ भने यसमा एलजी कमर्सियल लन्ड्री सिस्टम जडान गरिएको छ, जसले उच्च गुणस्तरीय र प्रोफेसनल धुने तथा सुकाउने सेवा प्रदान गर्दछ।

    एलजीका कमर्सियल लन्ड्री मेसिनहरूले भरपर्दो सरसफाइ, प्रभावकारी धुने र सुकाउने प्रक्रिया, पानी तथा ऊर्जाको दक्ष प्रयोग, र कपडाको राम्रो हेरचाह सुनिश्चित गर्छन्। ड्रायरहरूले उच्च तापक्रमको हावाको प्रयोग गरी कपडालाई स्यानिटाइज समेत गर्छन्।

    ग्राहकहरूले हप्ताको ७ दिन बिहान ८:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सेवा लिन सक्नेछन्। साथै, ड्रप अफ र पिक अप सुविधासमेत उपलब्ध छ।
    यस लन्ड्री लाउन्जको उद्घाटन चौधरी ग्रुप का प्रबन्ध निर्देशक श्री निर्वाण चौधरी तथा LG Bangladesh का प्रबन्ध निर्देशक जेराल्ड चुन द्वारा संयुक्त रूपमा गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार