Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरुलाई लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

एनएमबि क्यापिटलद्वारा विद्यार्थीहरुलाई लगानीसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना

आर्थिक पत्र
बुधवार, पौष २ २०८२
  • काठमाडौँ । एनएमबि क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई लगानीसम्बन्धी जानकारी र जनचेतना प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ।

    कम्पनीले मंसिर २९ गते एनएमबि बैंक, बट्टार शाखाको सहकार्यमा नुवाकोटको विदुरमा अवस्थित पोष्ट बहादुर बोगटी पोलिटेक्निक इन्सिटच्यूटका विद्यार्थीहरु का लागि अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको थियो। सोही दिन, काठमाडौँ, टङ्गालस्थित श्री टङ्गाल उच्च माध्यामिक विद्यालय का विद्यार्थीहरुलाई लक्षित गरी पनि समान कार्यक्रम आयोजना गरिएको थियो।

    कार्यक्रममा विशेषतः विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो। नुवाकोटको कार्यक्रम कस्टुमर रिलेशनशिप, कस्टोडियन तथा डिपीका प्रमुख मनिप अधिकारी, पोर्टफोलियो अफिसर राहुल खड्का र पोर्टफोलियो सहायक बिकेश बाडे ले संयुक्त रूपमा सञ्चालन गरेका थिए। त्यस्तै, टङ्गालको कार्यक्रम स्कीम सहायक लचना शाक्य, निवेश गिरी र प्रज्वल विक्रम खड्का ले संयुक्त रूपमा संचालन गरेका थिए।

    कार्यक्रमअन्तर्गत सहभागी विद्यार्थीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, लगानीका गतिविधि र अवसरबारे जानकारी प्रदान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार