Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा स्वास्थ्य केन्द्रलाई आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा स्वास्थ्य केन्द्रलाई आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग

आर्थिक पत्र
आइतवार, पौष २० २०८२
  • काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ। उक्त मेसिनको औपचारिक हस्तान्तरण कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. १० मा आयोजित विशेष समारोहबीच सम्पन्न भएको हो ।

    images

    समारोहमा ललितपुर महानगरपालिकाका सम्माननीय महानगर प्रमुख, वडा नं. १० का वडा अध्यक्ष, वडा सदस्यहरू, स्वास्थ्य केन्द्रका प्रतिनिधिहरू, स्थानीयवासी तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा सम्बोधन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै संस्थाले समुदायको प्रत्यक्ष हित हुने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै सिएसआर गतिविधिहरू सञ्चालन गर्दै आएको बताए । उनले यस अल्ट्रासाउण्ड मेसिनले स्थानीय स्तरमै सहज, समयमै तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । विशेषगरी आमा तथा बालस्वास्थ्य सेवामा यसको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

    हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा व्यवसायलाई केवल जोखिम व्यवस्थापनको माध्यमका रूपमा मात्र नभई समाजको दिगो विकासमा साझेदार बन्ने अवसरका रूपमा लिँदै आएको छ। यसै दृष्टिकोणअनुसार स्थानीय सरकार, स्वास्थ्य संस्था तथा समुदायसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

    कम्पनीले आगामी दिनहरूमा पनि समुदायको जीवनस्तर उकास्ने, जनस्वास्थ्य सुधारमा टेवा पुर्‍याउने तथा सामाजिक रूपमा अर्थपूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार