Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

ब्याज आम्दानी घटेपछि निफ्राको नाफामा दबाब

ब्याज आम्दानी घटेपछि निफ्राको नाफामा दबाब

आर्थिक पत्र
मंगलवार, कार्तिक ११ २०८३
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.११ प्रतिशत कम हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    images

    बैंकको खुद ब्याज आम्दानी घट्नु र कर्जा नोक्सानी व्यवस्थाबापतको इम्पेयरमेन्ट चार्ज बढ्नुले नाफामा दबाब परेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७ करोड ३० लाख रुपैयाँबाट घटेर ३४ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ ।

    यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ३ करोड ८७ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको वृद्धिले बैंकको खुद नाफा घटेको हो । बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ ।

    समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ३८ पैसा रहेको बैंकको निष्क्रिय कर्जा अनुपात (एनपीएल) ०.०३५ प्रतिशत छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार