Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ज्योति विकास बैंकद्वारा कोशीका दुर्गम स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग

ज्योति विकास बैंकद्वारा कोशीका दुर्गम स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग

आर्थिक पत्र
आइतवार, पौष २० २०८२
  • काठमाडौँ। ज्योति विकास बैंकले कोशी प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकी तथा अस्पताललाई नवजात शिशुको जीवनरक्षाका लागि आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन उपलब्ध गराएको छ।

    ग्रामीण तथा दुर्गम क्षेत्रमा सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले आफ्ना शाखा नभएका स्थानमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरण सहयोग गर्दै आएको जनाएको छ। यो कार्यक्रम बैंकको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको हो।

    बैंकको पहलमा संखुवासभा जिल्लाको सिलिचोङ–१२ स्थित सिसुवाखोला हेल्थ पोस्ट, मकालु–५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्र, खोटाङको जालपा–१२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथरको फालेलुङ–२ स्थित एकतीन हेल्थ पोस्ट मा बेबी वार्मर जडान गरिएको छ।

    उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य संस्थाका पदाधिकारी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो। सोही अवसरमा डाक्टर, नर्स तथा कर्मचारीलाई बेबी वार्मर सञ्चालनसम्बन्धी तालिम समेत प्रदान गरिएको बैंकले जनाएको छ।

    हालसम्म बैंकले देशभर ७० वटा बेबी वार्मर जडान गरिसकेको छ। यसअघि प्रदान गरिएका ६६ वटा उपकरणमार्फत हरेक वर्ष २,४४२ भन्दा बढी नवजात शिशु लाभान्वित हुँदै आएका छन्। हालसम्म करिब १२,२१० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भएको बैंकको तथ्यांक छ।

    ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाको औसत योगदानभन्दा ५० प्रतिशत बढी रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको जनाएको छ। बैंकले गत आर्थिक वर्षमा ४१ करोड कर सरकारलाई योगदान गरेको छ।

    हाल बैंकले देशभर ११८ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार