काठमाडौं । बर्दघाट नगरपालिका–१२ स्थित कजारिया टायल्स उद्योगमा दुई श्रमिकको असामयिक मृत्युप्रति जेटियुसीसीले गम्भीर ध्यानाकर्षण गराएको छ। संघले घटनालाई कार्यस्थल सुरक्षा र श्रमिक अधिकारको गम्भीर उल्लङ्घन भएको ठहर गर्दै दोषीमाथि तत्काल कडा कानुनी कारबाही हुनुपर्ने माग गरेको छ।
जेटियुसीसीले ग्यास फायर घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार पक्षलाई उत्तरदायी बनाउन जोड दिँदै, भविष्यमा यस्ता दुर्घटना रोक्न सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न सरकार र उद्योग सञ्चालक दुवैमा दबाब दिएको छ। संघले श्रमिक जीवनको सर्वोच्च मूल्य हुने भएकाले कुनै पनि प्रकारको लापरबाही, असुरक्षा वा नियम उल्लङ्घन सह्य नहुने स्पष्ट पारेको छ।
यस घटनाले कार्यस्थल सुरक्षा व्यवस्थामा कमजोरी उजागर गरेको भन्दै जेटियुसीसीले श्रमिकको जीवन र अधिकार सुनिश्चित गर्न तत्काल सुधारात्मक कदम चाल्न जोड दिएको छ।

