Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्राइम टाइल्सको “अन ह्वील्स एक्सपेरियन्स सेन्टर”औपचारिक रूपमा शुभारम्भ

प्राइम टाइल्सको “अन ह्वील्स एक्सपेरियन्स सेन्टर”औपचारिक रूपमा शुभारम्भ

आर्थिक पत्र
आइतवार, पौष २० २०८२
  • काठमाडौं । प्रिमियम टाइल्स ब्रान्ड प्राइम टाइल्सले नेपालभर रहेका आफ्ना आधिकारिक डिलरहरूसम्म प्रत्यक्ष पहुँच पुर्‍याउने उद्देश्यसहित दुईवटा “Experience Center on Wheels” (चल्ती एक्सपेरियन्स सेन्टर) को औपचारिक शुभारम्भ गरेको छ।

    यस अभिनव अवधारणाअन्तर्गत तयार गरिएका दुई विशेष ब्रान्डेड ट्रकहरू अब देशका विभिन्न भू-भागमा रहेका प्राइम टाइल्सका आधिकारिक डिलरहरूसम्म पुग्नेछन् । यी चल्ती एक्सपेरियन्स सेन्टरमार्फत प्राइम टाइल्सका नवीनतम डिजाइन, गुणस्तर, उत्पादन विशेषता तथा ब्रान्ड अनुभवलाई डिलर, कारीगर, आर्किटेक्ट तथा लक्षित ग्राहक समूहसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गरिनेछ।

    प्राइम टाइल्सले सधैं आफ्ना डिलरहरूलाई व्यवसायिक साझेदारको रूपमा सम्मान गर्दै आएको छ । यही सोचलाई थप सशक्त बनाउने उद्देश्यले “Experience Center on Wheels” अभियान सुरु गरिएको हो । यसले डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने, आपसी विश्वास वृद्धि गर्ने तथा बजारमा ब्रान्डको उपस्थिति प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

    यस अभियानमार्फत डिलरहरूले आफ्नै परिसरमा प्राइम टाइल्सको एक्सपेरियन्स सेन्टरको अनुभूति गर्न सक्नेछन्, जसले उनीहरूलाई ग्राहकहरूसँग अझ आत्मविश्वासका साथ ब्रान्ड प्रस्तुत गर्न सहयोग पुर्‍याउनेछ । साथै, यस पहलले प्राइम टाइल्स र यसको डिलर नेटवर्कबीच दीर्घकालीन सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ ।

    प्राइम टाइल्सका अनुसार, “जोड़ेछ जीवन” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कम्पनी आगामी दिनहरूमा पनि नविन सोच, उत्कृष्ट गुणस्तर र साझेदारी–केन्द्रित अभियानमार्फत नेपाली टाइल्स बजारमा नयाँ आयाम थप्दै जानेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार