Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

स्याउको मूल्य बढ्यो, प्रतिकिलो कति पुग्यो ?

स्याउको मूल्य बढ्यो, प्रतिकिलो कति पुग्यो ?

आर्थिक पत्र
आइतवार, पौष २७ २०८२
  • काठमाडौं। स्थानीय बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।तीन साता अवधिमा स्याउको मूल्य प्रतिकिलो थोकमा २५ देखि ३० रुपैयाँसम्म बढेको छ । १ पुसमा प्रतिकिलो औसत २ सय २५ रुपैयाँमा किनबेच भएको झोले स्याउ २७ पुसमा २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै फुजी स्याउको मूल्य यस अवधिमा प्रतिकिलो ३० रुपैयाँले बढेको छ । १ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा किनबेच भएको फुजी स्याउ आज ३ सय १५ रुपैयाँ कायम छ ।यसैगरी यस अवधिमा अनारको मूल्य १३ प्रतिशतले घटेको छ । १ पुसमा प्रतिकिलो थोकमा औसत ३ सय ७५ रुपैयाँमा किनबेच भएको अनार ५० रुपैयाँले घटेर अहिले ३ सय २५ रुपैयाँ कायम छ ।यसैगरी केराको मूल्य प्रतिदर्जन १५ रुपैयाँले घटेको छ । १ पुसमा प्रतिदर्जन १ सय ९० रुपैयाँमा किनबेच भएको केराको मूल्य आज १ सय ७५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार