Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सानिमा बैंक र एनसीएचएलबीबीच नेपाल पे कार्ड नेटवर्क सम्झौता

सानिमा बैंक र एनसीएचएलबीबीच नेपाल पे कार्ड नेटवर्क सम्झौता

आर्थिक पत्र
सोमवार, पौष २८ २०८२
  • काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्वीच अन्तर्गत नेपाल पे कार्ड नेटवर्क का लागि प्रमुख सदस्यता सम्झौता सम्पन्न भएको छ।

    सम्झौता अनुसार नेशनल कार्ड स्वीचलाई डोमेस्टिक कार्डमार्फत हुने कारोबारको राउटिङ र सेटलमेन्ट सुनिश्चित गर्न केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा प्रयोग गरिनेछ।

    सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन्।

    सानिमा बैंक हाल देशका सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार