Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

औद्योगिक, संस्कृतिक, पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत लाइन विस्तार गरिँदै

औद्योगिक, संस्कृतिक, पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत लाइन विस्तार गरिँदै

आर्थिक पत्र
शुक्रवार, भाद्र १० २०७९
  • सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा रहेका औद्योगिक,संस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी ,विद्युत् सेवा विस्तार गर्न लागिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा बजेट बिनियोजन गरि कर्णालीका धार्मिक संस्कृतिक तथा पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत् सेवा पुर्‍याउन लागेको हो ।

    images

    झण्डै १ करोडभन्दा बढी बजेट यहाँको आधारभूत पूर्वाधारको काममा खर्च गर्न लागिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । खानेपानीको अभावमा पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाइ समस्य नहोस भन्ने उदेश्यले बजेट बिनियोज गरी काम गर्न लागिएको मन्त्री सिंहले बताए ।

    पर्यटनका हिसावले कर्णाली उत्कृष्ट गणतव्यका रुपमा लिइँदै आइएको छ । शे फोक्सुण्डो, चन्दननाथ, पैँकको मष्ट, जाजरकोट बारेकोटको बाँचिलो , जगतीपुर, जाजरकोट दरवार , डोल्पाको त्रिपुरासुन्दरी , छाँयानाथ रारा, काँक्रेविहार , दैलेखको ज्वाला क्षेत्र , लगाएतका दर्जनौँ पर्यटकी तथा धार्मिक क्षेत्रहरु कर्णालीमा रहेका छन् ।

    १० जिल्लामा भारी मात्रामा धार्मिक तथा संस्कृतिक क्षेत्रहरु रहेकोले त्यसको विकासका लागि ध्यान दिएर पूर्वाधार निर्माणको काम तर्फ लागिएको सचिव देवराज निरौलाले बताए ।

    त्यस्तै विद्युत नहुँदा महत्वपूर्ण मठमन्दिर, गुम्बा, अद्योगिक क्षेत्रहरूमा काम गर्न मुस्किल भएको ठाउँमा विद्युतीकरण गर्न लागिएको समेत मन्त्रालयले जानकारी दिएको छ ।

    कर्णाली पर्यटकीय क्षेत्र रुपमा उत्कृष्ट गणतव्य भएपनि आवश्यक पूर्वाधारका कामहरू नहुँदा यहाँ आउने आन्तरिक तथा बाह्य क्षेत्रमा पर्यटकले समस्य भोग्दै आएको गुनासो आएपछि सो समस्य समाधान गर्न पहल कदमी लिएको मन्त्री सिंहको भनाइ छ ।

    पर्यटकीय क्षेत्रमा आवश्यक विद्युत् नहुँदा रात्रीकालीन तथा अन्य समयमा समेत आवश्यक गर्न समस्य भन्दै विभिन्न गुनासो आउने गरेको थियो । कर्णाली भारी मात्रामा धार्मिक तथा संस्कृतिक क्षेत्र रहेको प्रदेश हो ।

    यहाँ कडा भूगोलका साथै सबै ठाउँमा सडक सञ्जाल नपुग्दा समस्य हुँदै आएको छ । औद्योगिक क्षेत्र कम भएको कर्णालीमा संस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको संख्य ठूलो रहेको छ । कर्णालीका डोल्पा , हुम्ला र मुगुमा केन्द्रीय विद्युत् प्रशारण लाइन पुग्न सकेको छैन । विद्युत् पुगेका जिल्लाहरूमा समेत संस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रमा खानेपानी र विद्युत् सेवा पुग्न सकेको छैन । यी सबै समस्यलाई हल गर्नका लागि मन्त्रालयले यो चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी काम गर्न लागेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार