Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता

आर्थिक पत्र
आइतवार, माघ ४ २०८२
  • काठमाडाैं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री गर्ने गरेको ब्ल्याक हर्स ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

    सम्झौता पत्रमा पुस ३० गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र ब्ल्याक हर्स इण्डष्ट्रिजको तर्फबाट प्रबन्ध निर्देशक चिनबहादुर श्रेष्ठले हस्ताक्षर गरे।

    यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले श्री ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा.लिद्वारा उत्पादित ब्ल्याक हर्स ब्राण्डका जुत्ताहरु देशभर रहेका विक्रेताहरुबाट खरिद गर्दा सुपथ मूल्यमा खरिद गर्न सक्नेछन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार