Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

इनड्राइभले सुरक्षा तालिमद्वारा ड्राइभरलाई बनायो ‘यात्रुमैत्री र सडक–सुरक्षित’

इनड्राइभले सुरक्षा तालिमद्वारा ड्राइभरलाई बनायो ‘यात्रुमैत्री र सडक–सुरक्षित’

आर्थिक पत्र
बिहिवार, माघ ८ २०८२
  • काठमाडौँ । इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियानअन्तर्गत ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ।

    images

    इनड्राइभले यो पहलमार्फत चालक सशक्तीकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ। तालिम सत्रमा ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमहरूको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरणसम्बन्धी आवश्यक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

    इनड्राइभका लागि चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधि उपलब्ध गराउने वा आम्दानीको अवसर सिर्जना गर्ने विषयमा सीमित नभएको, यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको भन्ने धारणा इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले व्यक्त गरेकी छन्। उनले भनिन्, “यस्ता सुरक्षा तालिमहरूले चालकहरूलाई यात्रु तथा आफ्नो सुरक्षाप्रति सचेत रहँदै, सूचित र जिम्मेवार निर्णय लिन सक्षम बनाउँछ।”

    उनले थप भनिन्, “यस्ता पहलहरुमार्फत हामी चालकहरूलाई अझ आत्मविश्वासी, सचेत र पेशागत बनाउँदै लैजान चाहन्छौँ, जसको प्रत्यक्ष प्रभाव समग्र यात्रु अनुभवमा पनि सकारात्मक रूपमा देखिन्छ। इनड्राइभमा हामी सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै समुदाय निर्माणमा प्रतिबद्ध छौँ। दीर्घकालीन रूपमा, नेपालको मोबिलिटी इकोसिस्टमलाई अझ सुरक्षित, समावेशी र दिगो बनाउनु नै हाम्रो साझा लक्ष्य हो।”

    यस तालिमले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार