Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कजारियाको नयाँ शोरूम विराटनगरमा

कजारियाको नयाँ शोरूम विराटनगरमा

आर्थिक पत्र
सोमवार, माघ १२ २०८२
  • विराटनगर। टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले विराटनगरको मुनाल पथमा आफ्नो नयाँ र विशेष शोरूम सञ्चालनमा ल्याएको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरूमको शुक्रबार भव्य रूपमा उद्घाटन गरिएको हो।कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरे।कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको विशेष उपस्थिति थियो।

    कार्यक्रममा बोल्दै मन्त्री पराजुलीले कजारियाको विस्तारले प्रदेशको औद्योगिक विकास र रोजगारी सिर्जनामा सघाउ पुग्ने विश्वास व्यक्त गरे।यस्तै, कम्पनीका निर्देशक अग्रवालले पूर्वी नेपालका ग्राहकलाई विश्वस्तरीय टायल र आधुनिक खरिद अनुभव प्रदान गर्ने उद्देश्यले शोरूम विस्तार गरिएको जानकारी दिए।नेपालमै सबैभन्दा ठूलो टायल उद्योग स्थापना गरेको कजारियाले हाल देशभर १०० भन्दा बढी शोरूममार्फत तीन हजारभन्दा बढी आधुनिक डिजाइनका टायलहरू उपलब्ध गराउँदै आएको छ।विराटनगरको यो शोरूममा आवासीय तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त प्रिमियम टायलहरूको विशाल सङ्ग्रह राखिएको कम्पनीले जनाएको छ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार