Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

क्यारी ब्रान्डको इभी किन्न रिलायन्स फाइनान्सले वित्तीय सेवा प्रदान गर्ने

क्यारी ब्रान्डको इभी किन्न रिलायन्स फाइनान्सले वित्तीय सेवा प्रदान गर्ने

आर्थिक पत्र
सोमवार, माघ १२ २०८२
  • क्यारी ब्रान्डका विद्युतीय भ्यानमा वित्तीय समाधान प्रदान गर्न एलएक्सजी मोटर्स र रिलायन्स फाइनान्स लिमिटेडले एक रणनितिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।क्यारी इभीको नेपालका लागि आधिकारिक वितरक एलएक्सजी मोटर्स प्रालिका जितेन्द्रलाल कर्ण र रिलायन्स फाइनान्स लिमिटेडका सिइओ समाज प्रकाश श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।सम्झौता अनुसार क्यारी ब्रान्डका विद्युतीय भ्यान किन्न चाहने ग्राहकहरूका लागि रिलायन्स फाइनान्सले सुविधाजनक वित्तीय समाधान प्रदान गर्नेछ।

    समझदारीको मुख्य उद्देश्य क्यारी ब्रान्डका केभान १ र केभान २ भ्यान खरिद गर्न चाहने ग्राहकका लागि सहज वित्तीय समाधान उपलब्ध गराउनु रहेको बताइएको छ।यी विद्युतीय भ्यानहरूमा ५३.५८ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।साथै, यी इभीमा पिएमएसएम मोटर प्रणाली, एबिएस तथा अन्य सुरक्षा सुविधाहरू उपलब्ध गराइएको छ ।यस साझेदारीले एलएक्सजी मोटर्सलाई क्यारी इभीमार्फत नेपालभर विद्युतीय सवारी क्षेत्रमा अझ मजबुत उपस्थिति विस्तार गर्न र ग्राहकको व्यवसायिक यात्रामा भरोसायोग्य सहयोग पुऱ्याउन सक्षम बनाउने विश्वास लिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार