Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बुद्ध एयरको ‘भ्यालेन्टाइन अफर’: एउटा टिकटबाट २ जनालाई माउन्टेन फ्लाइट

बुद्ध एयरको ‘भ्यालेन्टाइन अफर’: एउटा टिकटबाट २ जनालाई माउन्टेन फ्लाइट

आर्थिक पत्र
मंगलवार, माघ २० २०८२
  • काठमाडौँ ।  बुद्ध एयरले आगामी १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ। एयरलाइनले ‘एभरेष्ट एक्सपेरियन्स’ माउन्टेन फ्लाइटमा एउटै टिकट खरिद गर्दा अर्को टिकट निशुल्क पाउने योजना ल्याएको छ।

    यस अफर अन्तर्गत जोडीहरूले करिब १ घण्टाको उडानमा सगरमाथा लगायत हिमालका दृश्यहरू अवलोकन गर्न सक्नेछन्। फ्लाइट काठमाडौं विमानस्थलबाट सुरु भई हिमाली दृश्यावलोकनपछि पुनः काठमाडौंमै अवतरण हुनेछ।

    बुद्ध एयरले प्रेम दिवसको विशेष दिनमा सहभागी जोडीहरूलाई गुलाबको फूल, चकलेट लगायतका उपहारसमेत प्रदान गरिने जानकारी दिएको छ। एयरलाइनले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जोडीहरूलाई हिमालको काखमा माया साटासाट गर्ने अवसर उपलब्ध गराउन यो अफर ल्याएको दाबी गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार