Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त

आर्थिक पत्र
शुक्रवार, माघ २३ २०८२
  • काठमाडौं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भइन्। प्रधानमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार २०८२ माघ २३ देखि उनले पदभार सम्हालेकी  छन्।

    बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी डंगोल २०५१ देखि नेपाल टेलिकमसँग सेवा दिँदै आएकी छन्। उनी प्रादेशिक निर्देशनालय विराटनगर, काठमाडौं र वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयमा निर्देशक भएर काम गरिसकेकी छिन्। २०८० जेठ ३२ देखि उनी नायब प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

    पदभार ग्रहण गर्दै डंगोलले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउने प्रतिवद्धता जनाइन्। उनले कर्मचारीहरूलाई साझा उद्देश्य र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गरेकी छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार