Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिटिजन्स बैंकद्वारा ‘MAN–Citizens Aspiring Manager Award’ प्रदान

सिटिजन्स बैंकद्वारा ‘MAN–Citizens Aspiring Manager Award’ प्रदान

आर्थिक पत्र
आइतवार, माघ २५ २०८२
  • काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहकार्यमा स्थापना गरिएको ‘MAN–Citizens Aspiring Manager Award’ प्रदान गरिएको छ। नेपाल व्यवस्थापन संघ (MAN) को राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा शनिबार आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो।

    पुरस्कार सम्माननीय प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले प्रदान गरे। सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघका पदाधिकारी सम्मिलित समितिले पुरस्कार छनोट प्रक्रिया पूरा गरेको हो।

    ‘MAN–Citizens Aspiring Manager Award’ ले नेपालको व्यवस्थापन शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। यसले भावी व्यवस्थापन पेशेवरलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको सिटिजन्स बैंकले जनाएको छ।

    सिटिजन्स बैंक र नेपाल व्यवस्थापन संघबीच गत वर्ष एमबीए तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर भएको थियो। उक्त सम्झौताअनुसार हरेक वर्ष पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबीए कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने व्यवस्था छ।

    बैंकले पछिल्लो समय नवप्रवर्तनमुखी सेवाहरू विस्तार गर्दै आएको छ। नेपालमै पहिलो पटक फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। साथै, युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजिटल बैंक सेवा’ पनि सुरु गरिएको छ।

    फ्रिलान्सर लक्षित ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ सहित मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन सेवा लिने सुविधा पनि उपलब्ध गराइएको छ। अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकका शाखाबाट क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने सुविधा लागू गरिएको बैंकले जानकारी दिएको छ।

    हाल सिटिजन्स बैंकले देशभर ७७ जिल्लामा करिब २०० शाखा, १५० भन्दा बढी एटीएम, विस्तारित काउन्टर तथा शाखारहित बैंकिङ इकाइमार्फत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार