Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ विजेतालाई टिकट हस्तान्तरण

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ विजेतालाई टिकट हस्तान्तरण

आर्थिक पत्र
सोमवार, माघ २६ २०८२
  • कोहलपुर। जस्मिन पेन्ट्सको उपभोक्ता योजना “चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग” को विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ।

    ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा भएको लक्की ड्रमा बाँकेको कोहलपुरकी देवी बुढा विजेताको रूपमा छनोट भएकी थिइन्। उक्त अवसरमा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले उनलाई आधिकारिक रूपमा टिकट हस्तान्तरण गर्नुभएको थियो।

    जस्मिन पेन्ट्स, विगत ३२ वर्षदेखि गुणस्तरीय पेन्ट उत्पादन गर्दै आएको नेपालका प्रमुख ब्रान्डले यस योजनामार्फत आफ्ना ग्राहकहरुलाई पुरस्कृत गर्ने उद्देश्य राखेको जनाएको छ। कम्पनीले नेपाली मनको रङ्ग भन्ने स्लोगन अनुरूप भविष्यमा पनि गुणस्तरीय उत्पादनहरू देशभरका ग्राहकसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार