Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुबिसुको २५औँ वार्षिकोत्सवमा माईपेको धमाकेदार अफर, बिल तिर्दा एनटर्क स्कुटर जित्ने मौका

सुबिसुको २५औँ वार्षिकोत्सवमा माईपेको धमाकेदार अफर, बिल तिर्दा एनटर्क स्कुटर जित्ने मौका

आर्थिक पत्र
सोमवार, माघ २६ २०८२
  • काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक माईपे वालेटले सुबिसु इन्टरनेटको २५औँ वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। माईपे वालेटमार्फत सुबिसु इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्तामध्ये एक जनाले बम्पर पुरस्कारस्वरूप टिभिएस एनटर्क १२५ स्कुटर जित्ने अवसर पाउनेछन्।

    यस्तै, अफर अवधिभर साप्ताहिक रूपमा नेपाल क्रिकेट टिमको जर्सी पनि जित्न सकिने माईपेले जनाएको छ। साथै, सुबिसु प्रयोगकर्ताले माईपेबाट कुनै पनि सुबिसुको बिल तिर्दा ‘सुबिसु २५’ प्रोमो कोड प्रयोग गरी ३ प्रतिशतसम्म, अधिकतम ३०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

    माईपेले उक्त अफर चैत्र १७ २०८२ सम्म लागू हुने जानकारी दिएको छ।

    यसअघि पनि माईपेले आफ्ना ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गर्दै आएको छ। माईपे वालेट प्रयोग गरी मोबाइल टपअप गर्दा ५ प्रतिशतसम्म क्यासब्याक, हवाई टिकट बुकिङ, इन्टरनेट, खानेपानी तथा बिजुलीको बिल भुक्तानी लगायतका सेवामा विशेष छुट तथा क्यासब्याक सुविधा उपलब्ध गराउँदै आएको छ।

    माईपेले आगामी दिनमा पनि ग्राहकहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नवीन तथा आकर्षक योजनाहरू ल्याउने जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार