Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक, ६.९९% स्थिर ब्याजदर

‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक, ६.९९% स्थिर ब्याजदर

आर्थिक पत्र
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडौँ। एनआईसी एशिया बैंकले ग्राहकहरूको आवाससम्बन्धी आवश्यकता पूरा गर्ने उद्देश्यले ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत अधिकतम १० करोडसम्म घर कर्जा उपलब्ध गराइनेछ।

    बैंकका अनुसार उक्त कर्जा योजनामा ७ वर्षसम्मका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदर लागू हुनेछ। न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु. १० करोडसम्म कर्जा प्रदान गरिनेछ।

    यो कर्जा घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनःनिर्माण, साथै घडेरी खरिदका लागि सहज प्रक्रियामार्फत उपलब्ध हुनेछ। कर्जाको अधिकतम अवधि २५ वर्षसम्म रहनेछ।

    पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकको हकमा कर्जा तथा धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशत कायम गरिएको छ भने अन्य ग्राहकका लागि अधिकतम ७० प्रतिशत अनुपात लागू हुनेछ।

    साथै, यस योजना अन्तर्गत घर कर्जा लिने ग्राहकले लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा पनि प्राप्त गर्ने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार