Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सप्तरीमा खुद्रा तथा थोक मदिरा पसल साँझ ७ बजे बन्द हुने

सप्तरीमा खुद्रा तथा थोक मदिरा पसल साँझ ७ बजे बन्द हुने

आर्थिक पत्र
सोमवार, फाल्गुण ११ २०८२
  •  सप्तरी । जिल्ला सुरक्षा समिति सप्तरीले खुद्रा तथा थोक मदिरा पसल साँझ ७ बजे बन्द गराउने निर्णय गरेको छ ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित रुपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समिति तथा सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो ।शुक्रबार भएको निर्णय आइतबार सार्वजनिक गर्दै प्रशासनले इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा विक्रेताहरुले मदिरा बिक्री वितरण गर्न पाउने समय ७ बजे र होटल तथा रेष्टुरेन्टहरुमा सेवन गर्ने समय बढीमा ८ बजे सटर बन्द गर्ने गरी तोकिएको जनाएको छ ।

    जिल्लास्थित खुद्रा मदिरा पसलहरुले व्यवसाय दर्ता प्रमाणपत्र बिना घरेलु मदिरा बिक्री गरिरहेको पाइएमा उक्त मदिरा जफत गरी नष्ट गर्ने र प्रचलित कानून वमोजिम कारवाही गर्ने निर्णय पनि गरिएको छ ।यस्तै जिल्लास्थित विभिन्न स्थानमा रहेका मिठाइ पसलहरुमा अत्याधिक रङ र अखाद्य पदार्थ मिसाएको भए जफत गरी कारवाही गर्ने, सवारी साधनहरुमा तौल कम भएको मिठाइ डब्बामा बेच्ने गरेको पाइएमा पनि कारबाही हुने भएको छ । पान पसल र किराना पसल लगायतका जनरल स्टोरहरुमा इजाजतपत्र विना सुर्तीजन्य पदार्थको बिक्री गरेमा पनि कारबाही हुने जिल्ला सुरक्षा समितिले गरेको निर्णयमा उल्लेख छ ।

    त्यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबहरुबाट कम्तीमा एकसय मिटरको दुरी भित्र सुर्तीजन्य पदार्थ विक्री वितरण गरेको पाइएमा सोही ऐन बमोजिम आवश्यक कारवाहीको प्रकृया अगाडि बढाउने समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार