Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

शिवम् सिमेन्टको बोनस शेयर डिम्याट खातामा जम्मा

शिवम् सिमेन्टको बोनस शेयर डिम्याट खातामा जम्मा

आर्थिक पत्र
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडको मंसिर २५ गते सम्पन्न दशौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ।

    कम्पनीको दशौं वार्षिक साधारणसभाले मंसिर १० गतेसम्म कायम शेयरधनीहरूका लागि चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र २.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

    पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा फागुन ५ गते सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबारमा समेत आइसकेको छ। नेप्सेमा सूचीकृत भएपछि कम्पनीले सोही दिनबाटै बोनस शेयर शेयरधनीको डिम्याट खातामा पठाउन शुरू गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार