Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

साम्बालाई रिलायबल नेपाल लाइफको साथः उपचारका लागि दुई लाख रुपैयाँ सहयोग

साम्बालाई रिलायबल नेपाल लाइफको साथः उपचारका लागि दुई लाख रुपैयाँ सहयोग

आर्थिक पत्र
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौँ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट खेलाडी तथा राष्ट्रिय गौरवकी प्रतीक साबित्रा भण्डारी (साम्बा) को उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुई लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

    images

    हाल गम्भीर घुँडाको चोटका कारण शल्यक्रिया तथा दीर्घकालीन उपचार आवश्यक परेको सन्दर्भमा उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले मानवीय संवेदना तथा सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता अनुरूप उक्त सहयोग प्रदान गरेको हो ।

    साम्बाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई गौरवान्वित बनाउँदै आएकी छिन्। नेपाली महिला फुटबलको पहिचान स्थापित गर्न तथा महिला खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन उनको योगदान अत्यन्त महत्वपूर्ण रहेको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा उनीप्रति ऐक्यबद्धता जनाउनु र आवश्यक सहयोग प्रदान गर्नु हाम्रो सामाजिक दायित्व भएको कम्पनीको विश्वास रहेको छ ।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सामाजिक, मानवीय तथा खेलकुद प्रवर्द्धनसम्बन्धी कार्यहरूमा सधैं अग्रसर रहँदै आएको संस्था हो । आगामी दिनहरूमा पनि राष्ट्रहित तथा समाजमुखी पहलहरूमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता कम्पनीले पुनः व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार