Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साम्बाको उपचारमा कृषि विकास बैंकद्वारा १० लाख सहयोग

साम्बाको उपचारमा कृषि विकास बैंकद्वारा १० लाख सहयोग

आर्थिक पत्र
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौँ । कृषि विकास बैंक लिमिटेड ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा आफ्नी ब्रान्ड एम्बेसडर सावित्रा भण्डारी (साम्बा) लाई घुँडाको जटिल शल्यक्रिया तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

    फुटबल खेल्ने क्रममा लागेको गम्भीर चोटका कारण शल्यक्रिया गर्नुपर्ने अवस्था आएपछि साम्बाले उपचार र लामो पुनःस्थापनाका लागि सार्वजनिक रूपमा आर्थिक सहयोगको अपिल गरेकी थिइन्। सोही अपिललाई सम्बोधन गर्दै बैंकले मंगलबार उक्त रकम हस्तान्तरण गरेको जानकारी दिएको हो।

    बैंकका अनुसार राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी साम्बाको उपचार तथा पुनःस्थापनामा यो सहयोगले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। बैंकले उनको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै चाँडै नै नेपाली जर्सीमा मैदानमा फर्किएको देख्न पाइने अपेक्षा व्यक्त गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार