Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

न्यूरोडको हुकुट स्टोरमा ‘होली धमाका अफर’: ग्याजेट खरिदमा १० हजारसम्म क्यासब्याक

न्यूरोडको हुकुट स्टोरमा ‘होली धमाका अफर’: ग्याजेट खरिदमा १० हजारसम्म क्यासब्याक

आर्थिक पत्र
बुधवार, फाल्गुण १३ २०८२
  • काठमाडौं। रंगहरूको पर्व होलीको अवसर पारेर काठमाडौंको न्यूरोडस्थित ग्याजेट हब ‘हुकुट स्टोर’ ले विशेष उपहार योजना सार्वजनिक गरेको छ। प्रविधिप्रेमी ग्राहकहरूलाई लक्षित गर्दै स्टोरले फागुन १० गतेदेखि २१ गतेसम्म लागू हुने गरी ‘होली धमाका अफर’ ल्याएको हो।

    यस योजनाअन्तर्गत ग्राहकले विभिन्न ब्रान्डका ल्यापटप, स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक ग्याजेटहरूको खरिदमा आकर्षक छुट र उपहारहरू प्राप्त गर्नेछन्। स्टोरका अनुसार छानिएका उत्पादनहरूमा ग्राहकले अधिकतम १० हजार रुपैयाँसम्मको क्यासब्याक र विशेष गिफ्ट ह्याम्पर समेत पाउनेछन्।

    बजारमा उपलब्ध पछिल्ला प्रविधिहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हुकुट स्टोरका सञ्चालक अशोक राज पाण्डेले जानकारी दिए।

    “विद्यार्थी, कन्टेन्ट क्रिएटर र गेमिङ पारखीहरूलाई ध्यानमा राखेर हामीले यो अफर ल्याएका हौं,” पाण्डेले भने, “होलीको उत्साहसँगै ग्राहकलाई आधिकारिक र गुणस्तरीय ग्याजेटमा स्मार्ट किनमेलको अनुभव गराउनु हाम्रो लक्ष्य हो।”

    हुकुट स्टोरले आफ्ना सबै उत्पादनहरूमा कम्पनी वारेन्टीसहितको आधिकारिकता सुनिश्चित गर्दै आएको छ। ग्राहकको सहजताका लागि स्टोरले अनलाइन र अफलाइन दुवै माध्यमबाट सेवा दिइरहेको जनाएको छ।

    ग्राहकले न्यूरोडस्थित भौतिक स्टोरमा गएर वा हुकुटको आधिकारिक वेबसाइट (hukut.com) मार्फत सामान अर्डर गर्न सक्नेछन्। न्युरोड गेटबाट करिब १५० मिटरको दुरीमा रहेको स्टोरको लोकेसन गुगल म्याप र स्टोरको आधिकारिक टिकटक पेजमा पनि उपलब्ध गराइएको छ। सीमित अवधिका लागि मात्र रहने यो अफरबाट लाभ लिन स्टोरले ग्राहकहरूलाई आग्रह गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार