Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी

आर्थिक पत्र
बिहिवार, फाल्गुण १४ २०८२
  • एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरूसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूका बारेमा विस्तृत जानकारी समेटिएको जनाएको छ ।बैंकले बैंकिङ सम्पत्तिहरू, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले उक्त अनलाइन पोर्टल सार्वजनिक गरेको थियो ।

    ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भए सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेजसमेत पठाउन सकिने व्यवस्था पनि बैंकले गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रूपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेका सम्पत्तिहरू र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा ग्राहकहरूले अनलाइन पोर्टलको https://auctionassistance.nicasiabank.com लिंकबाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्ने बैंकको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार