Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आजदेखि मदिरा बिक्री तथा सेवन गर्न नपाइने

आजदेखि मदिरा बिक्री तथा सेवन गर्न नपाइने

आर्थिक पत्र
बिहिवार, फाल्गुण १४ २०८२
  • काठमाडौं । आज बिहीबारदेखि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा नपाइने भएको छ । चुनावको अन्तिम नतिजा घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा नपाइने भएको हो । 

    उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

    मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवाका सवारीसाधनहरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालनमा गर्न पाइने छैन । फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म यो नियम पालना गर्नुपर्ने छ ।

    एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन सञ्चालनमा भने कुनै रोक लगाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार