Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले अब आइटी शिक्षा प्रदान गर्ने

अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले अब आइटी शिक्षा प्रदान गर्ने

आर्थिक पत्र
मंगलवार, भाद्र १४ २०७९
  • काठमाडौंं । अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले आफ्नो प्रांगणमा आयोजित एक भव्य समारोहमा चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रले उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्य राखेको छ । जसले बजारमा काम गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

    आईटी सेवा र डिजिटलाइजेशनको बढ्दो मागसँगै, विश्वव्यापी आईटी उद्योगमा दक्ष जनशक्तिको ठूलो अभाव छ। नेपाल तथा विदेशमा रहेका धेरै कम्पनीहरूले दक्ष जनशक्तिको अभावको सामना गरिरहेका छन् र भविष्यको मागलाई सम्बोधन गर्न उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई कार्ययोग्य आईटी सीपहरू उपलब्ध गराउने योजना बनाउन थालेका छन् ।

    अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले आफ्नो स्थापनाको ४९ औं वर्ष मनाउँदै छ । आफ्नो स्कूल र कलेजमा व्यवहारिक आईटी सीपहरू प्रदान गर्दै आएको छ । यस सम्झौताबाट टेक्नोलोजी कम्पनीहरूबाट मद्दत लिँदै कलेजले आफ्ना शिक्षार्थीहरूलाई दक्ष जनशक्तिमा परिणत गर्न सक्नेछ। एमओयूमा २ लेभलमा अध्ययनरत विद्यार्थीहरूलाई फाइदा पुग्ने धेरै खण्डहरू समावेश छन्। प्रधानाध्यापक सुदर्शन नेपालले धन्यवाद ज्ञापन गर्दै गर्नुभएको थियो । साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै  उहाले कलेज र साझेदार संस्थाहरुबीचको सहकार्यको निरन्तरता मा जोड दिए ।

    उद्योग र कलेज बीचको यस्तो सहकार्य हालैका दिनहरूमा निक्कै देखिन थालेको छ तर यस्तो सहकार्य स्नातक र स्नातक शिक्षा स्तरमा मात्र सिमित रहेको छ। अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले एउटा दूरदर्शी पाइला सुरु गरेको छ जुन देशको आईटी उद्योगको उत्थानमा क्रान्तिकारी कदम हुने आशा राखेको छ । कलेज र उद्योगबीच उच्च माध्यमिक तहमा यस्तो सहकार्य नेपालको समग्र शिक्षामा आन्दोलनको लहर सुरु गर्न कोसेढुङ्गा हुने आशा गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार