Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अन्तर्राष्ट्रिय स्तरको डेलिभरी सेवा प्रदान गर्ने एजी एक्सप्रेस हेटौँडामा पनि सञ्चालन

अन्तर्राष्ट्रिय स्तरको डेलिभरी सेवा प्रदान गर्ने एजी एक्सप्रेस हेटौँडामा पनि सञ्चालन

आर्थिक पत्र
बिहिवार, फाल्गुण २८ २०८२
  • हेटौँडा । अन्तर्राष्ट्रिय स्तरको डेलिभरी तथा कुरियर सेवा प्रदान गर्ने एजी एक्सप्रेसले हेटौँडामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    उद्घाटन कार्यक्रम बोल्दै पूर्व प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले मकवानपुरका घरेलु उद्योग सञ्चालकका लागि एजी एक्सप्रेसले विदेशसम्म उत्पादन पु¥याउने सजिलो माध्यम प्रदान गर्ने बताएका छन् । उनले महिलाहरूले वडा समूहबाट उत्पादन गरी गुणस्तरीय सामान बनाउन सके विदेशमा पठाउन झन्झट नहुने बताए ।

    कार्यक्रममा कम्पनीका ग्लोबल सिइओ तथा अध्यक्ष तुलसी उप्रेतीले हेटौँडा शाखामार्फत मकवानपुर र आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराइने जानकारी दिए । उनले कम्पनी हङकङबाट सुरु भएर अहिले विश्वभर विस्तार हुँदै गएको र हेटौँडामा यो कम्पनीको १६औँ शाखा भएको बताए ।

    एजी एक्सप्रेसले नेपाली तथा प्रवासी नेपाली समुदायलाई लक्षित गरी मात्र सेवा दिन नभई उनीहरूलाई विश्वसँग जोड्ने उद्देश्य राखेको छ ।

    हस्तकला, निप्पर, मसला, लत्ताकपडा तथा खाद्यान्न जस्ता उत्पादन विदेशमा रहेका नेपालीसम्म पु¥याउने माध्यम बन्ने कम्पनीको लक्ष्य रहेको छ ।
    सिइओ उप्रेतीले भ्याट तथा टीडीएस पारदर्शी रूपमा बुझाउँदै राष्ट्र निर्माणमा योगदान पु¥याउन प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं४ का वडाध्यक्ष नविन सिग्देल, कुरियर संघ नेपाल बागमती प्रदेश अध्यक्ष रामप्रसाद पुडासैनी, एजी एक्सप्रेस कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार