Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जेन–जी सहिद परिवारलाई विद्युत प्राधिकरणमा रोजगारी

जेन–जी सहिद परिवारलाई विद्युत प्राधिकरणमा रोजगारी

आर्थिक पत्र
आइतवार, चैत्र १५ २०८२
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जेन–जी सहिद परिवारलाई रोजगारी प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले रोजगारीका लागि निवेदन प्राप्त भएका आधारमा जेनजी सहिद परिवारका २७ जनाको नाम सार्वजनिक गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो ।

    जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहात सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ को बुँदा ११ मा सहिद परिवारका सदस्यलाई रोजगारीसम्बन्धी व्यवस्था रहेको छ।

    सोही व्यवस्थाबमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जेनजी सहिद परिवारका सदस्यबाट रोजगारीका लागि निवेदन पेस गरेका थिए। सहिदका परिवारले प्राप्त गर्ने सुविधा ती २७ जनाबाहेक अरु कसैको हकदाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्राधिकरणको काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा निस्सा प्रमाणसहित सम्पर्क राख्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार