Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अब एकै दिनमा श्रम स्वीकृति दिने तयारी

अब एकै दिनमा श्रम स्वीकृति दिने तयारी

आर्थिक पत्र
सोमवार, चैत्र १६ २०८२
  • काठमाडौं। सरकारले वैदेशिक रोजगारीका लागि आवेदन दिएकै दिन श्रम स्वीकृति दिने भएको छ।

    हाल श्रम स्वीकृती लिन टोकन प्रणालीमार्फत तोकिएको दिनमा मात्रै स्वीकृति प्रदान हुँदै आएकोमा अव टोकन प्रणाली खारेज गरेर सोही दिन स्वीकृती लिने व्यवस्था निर्णय गरिएको छ। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    पूर्व प्रस्थान अभिमूखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामाग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गरिने छ।

    अभिमूखीकरण तालिम पनि पूर्ण रुपमा अनलाइन प्रणालीमा आधारित बनाइने छ। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्न अभियान सञ्चालन गर्ने, श्रमिकको न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।

    मन्त्रिपरिषद्को यही चैत्र १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची माथि छलफल भएको मन्त्रालयले उल्लेख जनाएको छ।

    छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, न्यूनतम् ज्यालाको सुनिश्चितता, कार्यस्थल सुरक्षा, कार्य वातावरण र स्वास्थ्य सुरक्षाको अवस्था अध्ययन गरी वैदेशिक रोजगारीको न्यूनतम् मापदण्ड तयार गर्ने, रोजगारी सिर्जनाका लागि सहयोग पुग्ने गरी सीप विकास तालिम प्रदान गरी रोजगारमा आबद्ध गर्ने विषयमा समेत छलफल भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार