काठमाडौँ । (सोमबार) बाट एक्सएल आकारको अण्डाको भाउ बढेको छ । सोमबार देखि बजारमा लागूहुने गरी भाउ बढेको लेयर्स कुखुरा पालक संघले जनाएको छ । सङ्घले तोकेको नयाँ मूल्यअनुसार एक्सएल अण्डा ५ रुपैयाँले बढेर ४६० पुगेको हो । ठूलो र मध्य आकारको अण्डा भने क्रेटमा २५ रुपैयाँले सस्तिएको नेपाल लेयर्स कुकुरा पालक संघका सचिब मदन पोखरेलले जानकारी दिए ।
त्यस्तै, ठूलो आकारको अण्डा छ रुपैयाँले घटेर ४३५ रुपैयाँ कायम भएको छ । मध्यम आकारको अण्डा क्रेटमै २५ रुपैयाँले घटेर ३८५ रुपैयाँमा झरेको छ । यसअघि एक्सएल आकारको अण्डा क्रेटको ४५५, ठूलो अण्डा ४४० र मध्यम आकारको अण्डाको बजारभाउ ४१० रुपैयाँ रहेको थियो ।

