Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

एससीटी र सिटी टेक ग्रुपबिच साझेदारी, अब 'फिनपोस’ बाटै सबै किसिमका कार्ड र क्यूआर भुक्तानी हुने

एससीटी र सिटी टेक ग्रुपबिच साझेदारी, अब 'फिनपोस’ बाटै सबै किसिमका कार्ड र क्यूआर भुक्तानी हुने

आर्थिक पत्र
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौँ । नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई अझ सुदृढ र आधुनिक बनाउने उद्देश्यले स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रा. लि. बिच साझेदारी भएको छ। यो सम्झौतासँगै अब डिजिटल भुक्तानी स्वीकार गर्ने प्रणाली (पेमेन्ट एक्सेप्टेन्स) मा नयाँ आयाम थपिएको छ।

    images

    यस साझेदारीपछि सिटी टेकको 'FinPOS' हार्डवेयरमा एससीटीको प्लेटफर्म एकीकृत हुनेछ। यसको अर्थ अब एउटै मेसिनबाट भिसा, युनियन पे र नेपाल पे जस्ता विभिन्न कार्ड स्किमहरूका साथै 'स्मार्ट क्यूआर' मार्फत डाइनामिक क्यूआर भुक्तानी गर्न सकिनेछ। 

    एससीटीको बलियो भुक्तानी पूर्वाधार र सिटी टेकको अत्याधुनिक प्रविधिको संयोजनले बैंक तथा व्यापारीहरूका लागि सुरक्षित र सहज पीओएस डिभाइस उपलब्ध गराउने बाटो खुलेको छ।

    विशेष गरी पीओएस एक्वायरिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूका लागि यो सेवा निकै फलदायी हुने देखिएको छ। यस प्रणालीको प्रयोग गर्दा संस्थाहरूले छुट्टाछुट्टै कार्ड स्किमको सदस्यता लिनु नपर्ने, प्रविधिमा थप लगानी गर्नु नपर्ने र सुरक्षा प्रमाणीकरणको झन्झट समेत नहुने भएकाले यो आर्थिक रूपमा समेत उत्कृष्ट विकल्प साबित हुनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार