Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कल मोबिलिटी र मेल्टडाउनबिच सहकार्य

कल मोबिलिटी र मेल्टडाउनबिच सहकार्य

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौँ । नेपालका लागि हुवावे उत्पादनको आधिकारिक वितरक कल मोबिलिटी प्रालिले देशको चर्चित फिटनेस समुदाय मेल्टडाउन नेपालसँग एक वर्ष लामो व्यावसायिक साझेदारीको घोषणा गरेको छ। नेपाललाई स्वस्थ र तन्दुरुस्त बनाउने लक्ष्यका साथ प्रविधि र फिटनेसलाई एकै ठाउँमा जोड्न यो सहकार्य गरिएको हो। हुवावे विश्व बजारमा विशेषगरी स्मार्टफोन र आधुनिक वेयरेबल डिभाइस (स्मार्टवाच र ब्यान्ड) का लागि चिनिएको ब्रान्ड हो, जसले पछिल्लो समय स्वास्थ्य प्रविधिमा ठुलो लगानी गरिरहेको छ। यस साझेदारीको औपचारिक सुरुवात आगामी अप्रिल १५, २०२६ मा नेपालमा हुवावे ब्यान्ड ११ सिरिजको भव्य सार्वजनिक कार्यक्रमसँगै हुनेछ ।

    यो सहकार्यमार्फत हुवावेले आफ्ना वेयरेबल प्रविधिहरूलाई नेपालका स्वास्थ्य सचेत युवाहरूमाझ पुर्‍याउने लक्ष्य राखेको छ। मेल्टडाउन नेपालले सञ्चालन गर्ने दौड, शारीरिक प्रशिक्षण सत्र र डिजिटल सामग्रीमार्फत हुवावेका उपकरणहरूको वास्तविक अनुभव उपभोक्तालाई गराइनेछ।कल मोबिलिटीकी मार्केटिङ म्यानेजर विजया रोका क्षेत्रीले यस सहकार्यले दैनिक जीवनशैलीमा प्रविधिलाई जोड्ने र नेपाललाई फिट र स्वस्थ राष्ट्र बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार