Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रभु बैंक र पोखराका दुई लजबीच छुट सम्झौता, ग्राहकलाई १५% सम्म सहुलियत

प्रभु बैंक र पोखराका दुई लजबीच छुट सम्झौता, ग्राहकलाई १५% सम्म सहुलियत

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं। प्रभु बैंक लिमिटेड र पोखराका फिस टेल लज पोखरा तथा अन्नपूर्णा जगतपुर लज बीच सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    चैत २५ गते सम्पन्न सम्झौतामा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र बाबु बिष्ट र सम्बन्धित लजका बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि दुवै पक्षले आपसी सहकार्यमार्फत ग्राहकलाई आकर्षक सुविधा दिने सहमति गरेका छन्।

    सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ती लजहरूमा आवास, खाना तथा पेय पदार्थमा विशेष छुट पाउनेछन्। आवासमा संस्थागत छुटका साथै खाना र पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म सहुलियत उपलब्ध हुने जनाइएको छ।

    छुट सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्नेछ। यस सहकार्यले पर्यटन क्षेत्र र बैंकिङ सेवाबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    प्रभु बैंकले देशभरका ३१२ शाखा, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार