काठमाडौं- नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र लिमिटेड र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच भएको समझदारीअनुसार क्यान्सर उपचार तथा अन्य स्वास्थ्य सेवामा बीमा पहुँच विस्तार गर्ने, बीमित तथा सम्बन्धित व्यक्तिलाई सहज सेवा उपलब्ध गराउने र स्वास्थ्य–बीमा क्षेत्रबीच सहकार्यलाई थप मजबुत बनाउने उद्देश्य रहेको छ ।
एमओयूको दायराअन्तर्गत नेपाल क्यान्सर अस्पतालले आइएमई लाइफका कर्मचारी, अभिकर्ता (एजेन्ट) तथा बीमित ग्राहकहरूलाई विभिन्न स्वास्थ्य सेवामा छुटसहितको सुविधा उपलब्ध गराउनेछ । अस्पतालले रेडियोलोजी, ल्याब सेवा र बेड चार्ज (आईसीयू बाहेक) मा छुट दिनेछ भने रेडिएसन थेरापी, ब्राकिथेरापी र केमोथेरापी सेवामा समेत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ ।

