Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सामसङ नेपालको माइक्रोवेभ मास्टरक्लास, आधुनिक प्रविधिको भान्साबारे सीप प्रदान

सामसङ नेपालको माइक्रोवेभ मास्टरक्लास, आधुनिक प्रविधिको भान्साबारे सीप प्रदान

आर्थिक पत्र
बुधवार, बैशाख २ २०८३
  • काठमाडौं । सामसङ नेपालले आफ्नो सुविधाजनक माइक्रोवेभ लाइनअपसँग विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ। घरमै खाना पकाउने प्रक्रियालाई अझ स्मार्ट, सजिलो र रमाइलो बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागीहरूले आधुनिक भान्सा प्रविधिको प्रत्यक्ष अनुभव गरेका छन्।

    शनिबार अप्रिल ११ मा द्वारिका प्यालेसमा सम्पन्न कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा उनले माइक्रोवेभ प्रयोग गरेर घरमै खाना पकाउँदा स्वाद र पोषण कसरी कायम राख्न सकिन्छ र पकाउने प्रक्रिया कसरी सरल बनाउन सकिन्छ भन्ने विषयमा व्यवहारिक प्रदर्शन गरेका थिए।

    कार्यक्रमका क्रममा सहभागीहरूले सामसङका सोलो, ग्रिल र कनभेक्सन माइक्रोवेभ मोडलहरू प्रयोग गरी विभिन्न परिकार तयार गर्ने सीप सिक्ने अवसर पाएका छन्। माइक्रोवेभमार्फत खाना तताउनेदेखि ग्रिल गर्ने, बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङ विधिसम्मका विविध प्रयोगबारे जानकारी दिइएको थियो। यसले व्यस्त जीवनशैली भएका परिवारहरूका लागि छिटो, सहज र प्रभावकारी समाधान उपलब्ध गराउने आयोजकले जनाएको छ।

    कार्यक्रममा खाना पकाउने रुचि भएका व्यक्ति, गृहिणी तथा प्रविधिप्रेमी उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। निःशुल्क दर्तामार्फत सहभागी गराइएको उक्त कार्यक्रममा सहभागीहरूले आधुनिक उपकरणहरूले दैनिक खाना तयारीलाई कसरी सहज बनाउँछन् भन्ने प्रत्यक्ष अनुभव गरेका थिए।

    यस अवसरमा सामसङको स्मार्टथिङ्स एपको पनि प्रदर्शन गरिएको थियो। उक्त एपमार्फत माइक्रोवेभसहित अन्य घरेलु उपकरणहरू जस्तै बेस्पोक एआई वासिङ मेसिन र रेफ्रिजरेटरलाई आपसमा जोडेर प्रयोग गर्दा दैनिक कामलाई अझ सहज र व्यवस्थित बनाउन सकिने जानकारी दिइएको थियो।

    सामसङ नेपालका अनुसार यस्तो पहल घरमै खाना पकाउन रुचि राख्ने ग्राहकहरूलाई आधुनिक किचन मार्फत सशक्त बनाउने दीर्घकालीन प्रयासको हिस्सा हो। उन्नत प्रविधि र अनुभवी पाककला मार्फत उपभोक्तालाई नयाँ परिकारहरू बनाउन प्रेरित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार