Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अभिकर्ताको सशक्तिकरणमा सन नेपाल लाइफको पहल: ‘प्रयत्न निरन्तर’ कार्यक्रम सम्पन्न

अभिकर्ताको सशक्तिकरणमा सन नेपाल लाइफको पहल: ‘प्रयत्न निरन्तर’ कार्यक्रम सम्पन्न

आर्थिक पत्र
आइतवार, बैशाख ६ २०८३
  • काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका उद्देश्यले ‘प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर’ शीर्षकमा एक दिने विशेष कार्यक्रम आयोजना गरेको छ। बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न शाखाबाट आएका अभिकर्ताहरूलाई एकै छानामुनि ल्याई सीप विकास, उत्प्रेरणा तथा नेटवर्किङको अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजय कुमार झाको प्रशिक्षण सत्र मुख्य आकर्षणका रूपमा रहेको थियो। उनले बिक्री सीप, लक्ष्य निर्धारण, आत्मविश्वास विकास तथा बदलिँदो बीमा बजारमा सफल हुने रणनीतिबारे प्रशिक्षण दिएका थिए।

    कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी लगायत क्षेत्रीय तथा शाखा व्यवस्थापन टोली इन्स्योरेन्स एडभाइजर, एजेन्सी डेवेलोप्मेंट म्यानेजर तथा एमडिआरटि एचिभेर्सको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले अभिकर्ताहरूलाई कम्पनीको मेरुदण्डका रूपमा उल्लेख गर्दै उनीहरूको सशक्तिकरण नै दीर्घकालीन सफलताको आधार भएको बताए। त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईले अभिकर्ताहरूलाई निरन्तर सिकाइ, अनुशासन र ग्राहकप्रति जिम्मेवार दृष्टिकोणसहित अघि बढ्न आग्रह गर्दै यस्ता कार्यक्रमले बजार प्रतिस्पर्धामा अग्रता दिलाउने बताए।

    कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो भने सहभागीहरूबीच अनुभव आदानप्रदानको अवसर समेत सिर्जना गरिएको थियो। कम्पनीले यस्ता कार्यक्रममार्फत बीमा सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

    हाल सन नेपाल लाइफ इन्स्योरेन्सका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार