Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

काठमाडौं-ढाका नियमित उडान गर्ने तयारी

काठमाडौं-ढाका नियमित उडान गर्ने तयारी

आर्थिक पत्र
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौं। नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ।

    images

    निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ। छिमेकी देश भए पनि बंगलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन।

    सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए।

    बंगलादेशबाट हाल काठमाडौंमा नियमित उडान हुँदै आएको छ। नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ। राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुनसकेको छैन। अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ।

    त्यसैगरी निगमले काठमाडौं-दिल्ली-काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ। हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप तीन दिन उडान थप गरेको छ। नयाँ व्यवस्थापछि काठमाडौं-दिल्ली-काठमाडौं साताको १० उडान भइरहेको छ।

    कार्गो व्यवसायलाई थप सुदृढ एवं उपलब्धिमूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार