Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फिनटेक र सानिमा बैंकबीच सहकार्य : क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य प्रतिशत ईएमआई सुविधा

फिनटेक र सानिमा बैंकबीच सहकार्य : क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य प्रतिशत ईएमआई सुविधा

आर्थिक पत्र
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ । सानिमा बैंक लिमिटेडले फिनटेक कम्पनीसँगको सहकार्यमा क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा उपलब्ध गराउने भएको छ।

    बैंकले क्रेडिट कार्डमार्फत खरिद गरिने उच्च मूल्यका सामानहरूलाई सहज किस्ताबन्दीमा भुक्तानी गर्न सकिने व्यवस्था लागू गरेको जनाएको छ । यसअनुसार ग्राहकहरूले इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यापटप, फर्निचर, माउन्टेन बाइक तथा घरेलु उपकरणजस्ता वस्तु खरिद गर्दा अधिकतम १२ महिनासम्म ० प्रतिशत ब्याजदरमै ईएमआई सुविधा प्रयोग गर्न सक्नेछन् ।

    बैंकका अनुसार यो सुविधा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकलाई सहज र पहुँचयोग्य वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको हो । साथै, क्रेडिट कार्ड प्रयोगलाई प्रोत्साहन गर्दै नगदरहित कारोबार बढाउने लक्ष्य पनि राखिएको छ ।

    सानिमा बैंकले डिजिटल कारोबारलाई थप आकर्षक बनाउन विभिन्न छुट तथा अफरहरू पनि उपलब्ध गराउँदै आएको जनाएको छ । ती अफरहरूको विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको छ ।

    बैंकले हाल देशभर १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत सेवा दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार