Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मन्दीबीच पनि सर्वोत्तम सिमेन्टको नाफामा ५० प्रतिशतको उछाल

मन्दीबीच पनि सर्वोत्तम सिमेन्टको नाफामा ५० प्रतिशतको उछाल

आर्थिक पत्र
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौं। निर्माण क्षेत्रमा मन्दी कायम रहँदा पनि सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नाफा र आम्दानी दुवै बढाएको छ।

    कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म खुद नाफा ५०.२१ प्रतिशतले बढेर ९० करोड ५८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ६० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो।

    बिक्री आम्दानीमा पनि सामान्य वृद्धि देखिएको छ। कम्पनीले यस अवधिमा ७ अर्ब ७९ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब ८१ करोड रुपैयाँको तुलनामा करिब ३ प्रतिशत बढी हो। 

    अन्य आम्दानी बढ्नु र लागत व्यवस्थापनमा सुधार आउनुले नाफा वृद्धि भएको देखिन्छ। अन्य आम्दानी १२ करोड ४८ लाख रुपैयाँबाट बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

    यद्यपि, उत्पादन लागतमा दबाब भने कायम छ। कोइला र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले लागत बढाउने जोखिम रहेको कम्पनीले उल्लेख गरेको छ। साथै, सिमेन्टको माग र मूल्यमा हुने उतारचढावलाई पनि प्रमुख चुनौतीका रूपमा लिइएको छ।

    कम्पनीले आगामी दिनमा उत्पादन लागत नियन्त्रण गर्दै गुणस्तर सुधारका लागि नयाँ प्रविधि प्रयोग र खानी स्रोतको प्रभावकारी उपयोग गर्ने रणनीति अघि सारेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार