काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोटमा बाढी र आगलागीबाट प्रभावित परिवारलाई राहतस्वरूप कम्मल वितरण गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ असोज १८ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण क्षति पुगेका शुभकालिका, महावै, खाँडाचक्र र तिलागुफा क्षेत्रका ४३ घरपरिवारलाई सहयोग गरेको जनाएको छ। तिलागुफा र खाँडाचक्र नगरपालिकाका आगलागी पीडितसमेतलाई राहत प्रदान गरिएको थियो।
राहत वितरण कार्यक्रम कम्पनीको सुर्खेत शाखाको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागी पीडितहरूले दुर्गम क्षेत्रमा पुगेर सहयोग गरेकोप्रति कृतज्ञता व्यक्त गरेका थिए।
कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनका क्षेत्रमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
हाल कम्पनीले देशभर १६९ शाखामार्फत सेवा दिइरहेको छ। ५ अर्ब रुपैयाँभन्दा बढी पूँजी र २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता कार्यरत छन्।

