Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल लाइफको​​​​​​​ २५औँ वार्षिकोत्सवमा स्वास्थ्य शिविर र देशव्यापी रक्तदान

नेपाल लाइफको​​​​​​​ २५औँ वार्षिकोत्सवमा स्वास्थ्य शिविर र देशव्यापी रक्तदान

आर्थिक पत्र
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

    कम्पनीले वैशाख २१ र २२ गते प्रधान कार्यालय परिसरमा सञ्चालन गरेको दुईदिने स्वास्थ्य शिविरबाट ६०१ जनाले लाभ लिएका छन्। शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, कोलेस्ट्रोल, युरिक एसिड लगायतका परीक्षणसँगै विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा प्रदान गरिएको थियो।

    यसै अवसरमा कम्पनीले सातै प्रदेशका १३ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी कुल ५०५ पिन्ट रगत संकलन गरेको जनाएको छ। इटहरी, वीरगञ्ज, जनकपुर, काठमाडौं, नारायणगढ, नुवाकोट, हेटौंडा, बनेपा, पोखरा, बुटवल, भैरहवा, सुर्खेत र धनगढीमा कार्यक्रम सञ्चालन गरिएको थियो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले वार्षिकोत्सवको अवसरमा शेयरधनी, ग्राहक, अभिकर्ता र कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सेवा विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

    नेपाल लाइफले हाल देशभर ७७ जिल्लामा सेवा विस्तार गर्दै करिब ५४ लाखभन्दा बढी बीमित परिवारसम्म पुगिसकेको जनाएको छ। कम्पनीसँग ६९ हजारभन्दा बढी अभिकर्ता रहेको छ र जीवन बीमा क्षेत्रमा अग्रणी उपस्थितिका रूपमा स्थापित हुँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार