Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिटजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्ता सशक्तीकरणमा जोड

सिटजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्ता सशक्तीकरणमा जोड

आर्थिक पत्र
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको आयोजनामा ‘सिटिजन लिडर्स मिट’ कार्यक्रम सम्पन्न भएको छ। अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासलाई लक्ष्य गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका उच्च पदस्थ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषक राज पौडेल, चिफ मार्केटिङ अफिसर (सीएमओ) भुषण रिमाल, माइक्रो डिपार्टमेन्ट हेड (एमडीएच) रिता पाठक, तालिम विभाग प्रमुख (टीडीएच) कुबेर पाठक तथा कर्णाली प्रदेश प्रमुख (पीएच) लक्ष्मण मरासिनी सहभागी भएका थिए।

    कार्यक्रममा अभिकर्ता पेशाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा विस्तृत छलफल गरिएको थियो। विशेषगरी अभिकर्ताहरूलाई व्यावसायिक रूपमा सक्षम, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन आवश्यक सीप तथा रणनीतिबारे जानकारी दिइएको थियो।

    प्रमुख कार्यकारी अधिकृत पौडेलले सम्बोधन गर्दै तिमीहरूले अभिकर्ता पेशालाई केवल रोजगारीको माध्यम मात्र नभई स्वरोजगार बन्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका थिए। उनले यो पेशा पछिल्लो समय मर्यादित बन्दै गएको उल्लेख गर्दै यसको भविष्य निकै उज्ज्वल रहेको धारणा व्यक्त गरे। साथै अभिकर्ताहरूलाई निरन्तर मेहनत र प्रतिबद्धतासहित अगाडि बढ्न प्रेरित गरेका थिए।

    कार्यक्रममा सहभागी अभिकर्ताहरूले कार्यक्रमले नयाँ ऊर्जा, सीप र दृष्टिकोण प्रदान गरेको प्रतिक्रिया दिएका छन्। यस्तो किसिमका कार्यक्रमले अभिकर्ताहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै उनीहरूलाई पेशागत रूपमा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार